विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योगको आवश्यक : परिसंघ

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले विद्युत् खपत बढाउनका लागि उत्पादनमूलक उद्योग आवश्यक रहेको बताएका छन्। इप्पानको २४औँ साधारणसभा तथा आठाैँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनलेे यस्तो बताएका हुन्।

‘आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ। खपत बढाउन उत्पादनमूलक उद्योगको आवश्यकता छ,’ उनले भने, ‘विद्युत् व्यापार र प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने विषय स्वागतयोग्य छ।’ यस्तै बजेटमा आएको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्न ढिला गर्नु नहुनेमा उनकाे जाेड छ ।

सुझावित समाचार