कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा सोरुम सञ्चालनमा ल्याएको छ । चितवन हार्डवेयर एन्ड सेनेटरीद्वारा सञ्चालित यस सोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्स उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस अवसरमा कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारी, कजारियाका प्रतिनिधि तथा चितवन हार्डवेयर एन्ड सेनेटरीको व्यवस्थापन टोलीलगायतको उपस्थिति थियो ।
ग्राहकमैत्री र आकर्षक वातावरण प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको उक्त सोरुममा आगन्तुकले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्सको विस्तृत शृंखला प्रत्यक्ष अवलोकन गर्न सक्ने बताइएको छ ।
यसले ग्राहकलाई आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन, टेक्स्चर र फिनिसिङ छनोट गर्न प्रत्यक्ष रूपमा सहयोग पुर्याउने कम्पनीको भनाइ छ । ‘चितवनको नयाँ सोरुम प्रमुख सहरभन्दा बाहिर पनि उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने दिशामा एउटा महत्वपूर्ण कदम हो,’ कम्पनीका प्रतिनिधिले भने, ‘चितवन र आसपासका बासिन्दाले कजारियाका उत्पादनमा सहज पहुँच पाउन सकून् भन्ने हाम्रो लक्ष्य हो ।’