आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको इस्युअर रेटिङ स्तरोन्नति भएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी बिबिबी प्लसबाट स्तरोन्नति गर्दै केयर एनपी ए माइनस प्रदान गरेको हो ।
यो स्तरोन्नतिलाई कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा बिमित एवं सरोकारवालाप्रति विश्वास गर्न सफल भएको प्रमाणका रूपमा लिइएको बताइएको छ ।
केयर एनपी ए माइनस मूल्यांकनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्यांकनको तुलनामा अझ उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्छ ।
कम्पनीले जीवन बिमामार्फत व्यक्ति तथा परिवारको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यले विविध जीवन बिमा योजना उपलब्ध गराउँदै आएको छ । कम्पनीले देशव्यापी शाखा सञ्जाल, उपशाखा तथा अभिकर्तामार्फत जीवन बिमाको पहुँचलाई देशभर पुर्याउँदै आएको छ ।