महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियललाई

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको छ । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवका अवसरमा १७ देखि २० जेठसम्म काठमाडौंमा आयोजित उक्त प्रतियोगिताको पाँचौँ संस्करणअन्तर्गको लिगमा प्राइमले उपाधि जितेको हो ।

यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडले द्वितीय स्थान हासिल गरेको बताइएको छ । प्रतियोगितामा नौ वाणिज्य बैंक, सात विकास बैंक, तीन वित्त कम्पनी, एक लघुवित्त कम्पनी, तीन बिमा कम्पनीहरू र एक मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेतालाई शुक्रबार एक कार्यक्रमबिच पुरस्कार वितरण गरिएको छ । 

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरिएको छ । साथै, सहविजेता माछापुच्छ्रे बैंक लिमिटेडलाई उपविजेता ट्रफीसमेत सोही समारोहमा प्रदान गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेटकिपर सानिमा जिआइसी इन्स्योरेन्सका अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहनकुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंकका श्रीजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंक लिमिटेडका कृतार्थ शाक्यले जित्न सफल भए । साथै, फेयर प्ले अवार्ड सानिमा जिआइसी इन्स्योरेन्सले प्राप्त गरेको बैंकले जनाएको छ । 

सुझावित समाचार