मंगलबारः १० बजेसम्मका १० मुख्य समाचार

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्। मंगलबार पदभार सम्हाल्दै गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डका फाइल खोल्ने निर्णय गरेका हुन्।

मन्त्रिपरिषद् पुनर्गठन, गृहमन्त्री पाँचौँ वरीयतामा
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन्।

मंगलबार दुई मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ। सुधन गुरुङ गृह मन्त्रालय ‘ब्याक’ हुँदा महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। गुरुङ वरीयताको पाँचौँ तथा पुन आठौँ नम्बरमा छन्।

लामिछानेविरुद्धको संगठित अपराधको अभियोग संशोधन गर्न पर्सा जिल्ला अदालतको अनुमति
पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउँदै सहकारी ठगीसम्बन्धी अभियोगलाई मात्र कायम राख्न जिल्ला अदालतले आदेश गरेको हो।

जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो।

३३५ पालिकाको १० अर्ब पुग्यो सडकबत्तीको बक्यौता  
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सडकबत्तीको बक्यौता महसुल उठाउन पहल थालेको छ । सडकबत्ती बालेबापत ३५५ पालिकाले नेपाल विद्युत् प्राधिकरणलाई करिब १० अर्ब बक्यौता तिर्नुपर्नेछ । 

रास्वपा बागमतीको सभापतिमा तीन आकांक्षी, सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढ्यो
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बागमती प्रदेशको प्रथम अधिवेशनमा प्रदेश सभापति पदका लागि तीनजना नेताले आकांक्षा देखाएपछि नेतृत्व चयन निर्वाचनमार्फत हुने भएको छ। सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भए पनि बहुआकांक्षी देखिएपछि निर्वाचन प्रकृया अघि बढ्ने भएको हो।

हेटौँडामा जारी अधिवेशनमा वर्तमान प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा। अच्युतम लामिछाने, प्रदेशका निवर्तमान प्रवक्ता उत्सव अर्याल र काभ्रे–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बदन भण्डारीले सभापति पदमा दाबी प्रस्तुत गरेका छन्।

एमाले पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन गर्ने
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा मंगलबार च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै देशव्यापी सुझाव संकलन गर्ने निर्णय गरेको हो।

इजरायल रोजगारीको आवेदन म्याद घर्किँदै गर्दा क्याम्ब्रिज अंग्रेजी परीक्षा स्थगित, परीक्षार्थी अन्योलमा
इजरायल रोजगारीका लागि आवेदन दिने म्याद घर्किरहेका वेला त्रिपुरेश्वरस्थित सिआइआइएन इन्टरनेसनल क्वालिफिकेसन्सले मंगलबार क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट अनिश्चितकालका लागि स्थगित गरिदिएपछि परीक्षार्थी अन्योलमा परेका छन्।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि केयरगिभरमा रोजगारीका लागि आवेदन दिने अन्तिम अवधि आगामी ७ असारसम्म मात्र बाँकी छ। आवेदनका लागि अनिवार्य गरिएको भाषा परीक्षा नै रोकिएको हो। इजरायलले यसपटक २३ सय केयरगिभर लैजाने तयारी गरेको छ।

डिडिसीका उत्पादन प्रवर्द्धन गर्न मन्त्रिपरिषद्मा छलफल, मन्त्रीहरूलाई बाँडियो प्याकेज
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डिडिसी०का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डिडिसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रूपमा उठाएकी थिइन्। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डिडिसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

गुरुयोजनाविपरीत अमेरिकी संस्थाले लुम्बिनीमा बनायो भूमिगत बंकर 
लुम्बिनी गुरुयोजनाविपरीत अमेरिकी संस्था राडरिक यासे इन्कले गुम्बा बनाउने  स्थानमा भूमिगत बंकर निर्माण गरेपछि विवादमा तानिएको छ । सन् २०१३ मा युनिभर्सल पिस सेन्चुरीका नामबाट राडरिक यासे इन्क नामक संस्थाले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको शान्तिवार्ता गर्ने स्थल बनाउने अभियानस्वरूप धर्मगुरु साल्पा रिमबोचे निर्माण अभियान सुरु गरेका थिए।

कांग्रेसले आह्वान गर्यो प्रतिपक्षहरूको सर्वदलीय बैठक
नेपाली कांग्रेसले प्रतिपक्ष दलहरूको सर्वदलीय बैठक बोलाएको छ । ३ बजेर १५ मिनेटमा बैठक बस्न लागेको कांग्रेसका सचेतक तथा  सांसद निस्कल राईले जानकारी दिए ।

उनले प्रतिपक्षमा रहेका दलहरूको ९प्रमुख सचेतक र सचेतक०हरूलाई  सर्वदलीय बैठकमा आउन आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । 

सुझावित समाचार