‘करेन्ट चाउचाउ’को एक निश्चित ब्याच मात्र प्रभावित, अन्य सबै सुरक्षित रहेकाे यशोधा फुड्सको स्पष्टीकरण

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

यशोधा फुड्स प्रालिले आफ्नो उत्पादन ‘करेन्ट हट एन्ड स्पाइसी’ चाउचाउसम्बन्धी देखिएको गुणस्तरसम्बन्धी सूचनाबारे स्पष्टीकरण जारी गर्दै निश्चित ब्याचबाहेकका सबै उत्पादन सुरक्षित रहेको जनाएको छ।

कम्पनीका अनुसार उत्पादन मिति २०२६/०२/२३-०४ ए भएको १०० ग्रामको ‘करेन्ट चाउचाउ’ मात्र हालको गुणस्तरसम्बन्धी सूचनामा परेको हो। उक्त ब्याचबाहेक अन्य मिति वा ०४ ए बाहेकका ब्याच नम्बर भएका सबै उत्पादन उपभोगका लागि पूर्ण रूपमा सुरक्षित रहेको कम्पनीले स्पष्ट पारेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सूचनालाई आधार मान्दै कम्पनीले प्रभावित ब्याचबाहेकका उत्पादनहरूको बिक्री–वितरण तथा उपभोग निर्वाध रूपमा गर्न आग्रह गरेको छ। कम्पनीले उपभोक्ता, बिक्रेता तथा अधिकृत वितरकहरूलाई भ्रममा नपरी अन्य ब्याचका उत्पादन ढुक्क भएर प्रयोग गर्न पनि अनुरोध गरेको छ।

सुझावित समाचार