लिटमसले पायो ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’को सम्मान

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

लिटमस इन्डस्ट्रिजले ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गतको सम्मान प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ (सिएनआई)को २३औँ वार्षिक साधारणसभाका अवसरमा सिएनआईका सदस्य उद्योगमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमसलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यो उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रति लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ । नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउँदै, निर्यातको दायरा विस्तार गर्दै तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने लिटमसको प्रयासलाई यस सम्मानले थप पुष्टि गरेको कम्पनीको भनाइ छ । 

‘सिएनआईद्वारा प्राप्त यो सम्मान गुणस्तर, नवप्रवर्तन तथा उत्कृष्टताप्रतिको हाम्रो प्रतिबद्धताको महŒवपूर्ण कदर हो,’ कम्पनीका मुख्य सञ्चालन अधिकृत (सिओओ) प्रकाश काफ्लेले भने, ‘यो उपलब्धि लिटमस परिवारका सम्पूर्ण सदस्यहरूको अथक मिहिनेत, समर्पण र प्रतिबद्धताको परिणाम हो ।’ लिटमस तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो । 

See More On

सुझावित समाचार