नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्।
मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोका र सचेतकमा लामिछानेलाई नियुक्त गरेका हुन्। दुवैजनालाई जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ।
यसअघि प्रमुख सचेतकमा रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका रहेकामा चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्रीको शपथग्रहण गरेपछि रोका प्रमुख सचेतक नियुक्त भएकी हुन्। त्यस्तै, रिक्त रहेको सचेतक पदमा लामिछाने नियुक्त भएका हुन्।