विश्व वातावरण दिवसमा स्ट्यान्डर्ड चार्टर्डको वृक्षरोपण

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल लिमिटेडले शनिबार कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाएको छ । सो अवसरमा फलफूल दिने, फूल फुल्ने तथा छाया दिने विभिन्न प्रजातिका करिब पाँच सय बिरुवा रोपिएको बैंकले जनाएको छ ।

यस अभियानको उद्देश्य स्थानीय हरियाली अभिवृद्धि गर्नु, जैविक विविधता संरक्षणमा टेवा पुर्याउनु तथा दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान गर्नु रहेको छ । कार्यक्रममा साढे तीन सय कर्मचारी तथा स्थानीय समुदायको सहभागिता रहेको बताइएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोरख राणा र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । सिइओ राणाले हरित भविष्यका लागि स्वयंसेवामा सहभागी भएकामा कर्मचारीलाई धन्यवाद दिए । 

सुझावित समाचार