रास्वपा संखुवासभा सभापतिमा भक्तनारायण श्रेष्ठ

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभाको सभापतिमा भक्तनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। आज आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो।

समितिको उपसभापति सुमनकुमार डाँगी, सचिव सुनील श्रेष्ठ, सहसचिव सन्तोष बस्नेत, कोषाध्यक्ष पवित्रा बजगाई‌ं चयन भएका छन्। यसअघि पनि स्थापनाकालदेखि तदर्थ समितिको सभापति भएर श्रेष्ठले काम गरेकाले उनैलाई प्रथम अधिवेशनबाट सभापति बनाइएको हो।

सभापतिमा मुक्तिसिंह राई र सूर्य पौडेलले समेत उम्मेदवारी दिएका थिए, तर अन्तिम समयमा सर्वसम्मतिबाट नै समिति चयन भएको हो।

अधिवेशन संखुवासभाबाट समानुपातिक सांसद डा. सुजता तामाङको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

सुझावित समाचार