रास्वपाको कसरी हुन्छ अधिवेशन ?

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपाले वडादेखि केन्द्रसम्म अधिवेशन गर्न कार्यविधि बनाएको छ । संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार अधिवेशन गर्न वडा कमिटीका कम्तीमा २१ सदस्य भेला भएर माग गर्नुपर्छ तथा पालिका हुँदै जिल्लाबाट अनुमति लिनुपर्छ ।

जिल्लाले स्वीकृत दिएर निर्वाचन समिति बनाइन्छ । निर्वाचन समितिले अधिवेशन गराउँछन् । यसैगरी पालिका समितिका लागि अधिकतम वडा प्रतिनिधि भेला भई अधिवेशन गर्न माग गरेपछि जिल्ला, प्रदेश हुँदै केन्द्रले अनुमोदन गर्छ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन समिति बनाएर पठाउँछ ।

जिल्लाको हकमा सबै पालिकाका प्रतिनिधिको भेलाले माग गरेबमोजिम प्रदेश हुँदै केन्द्रीय निर्वाचन आयोगले अनुमोदन गरेर निर्वाचन समिति पठाउँछ ।

सुझावित समाचार