रुपन्देहीको विद्यालयलाई कामना सेवाले गर्‍यो डस्टबिन हस्तान्तरण

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय सालझन्डीमार्फत सैनामैना नगरपालिका– १०, रुपन्देहीस्थित पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो ।

बुटवल प्रदेश प्रमुख आचार्यले सामुदयिक विद्यालयमा यस्ता आधारभूत सरसफाइ सामग्रीको अभाव रहने भएकाले डस्टबिन सहयोगले विद्यालयको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । विद्यालयमा वितरण गरिएका डस्टबिनले विद्यार्थीमा सरसफाइको संस्कार विकास गर्न, वातावरणीय सचेतना अभिवृद्धि गर्न तथा विद्यालयपरिसरलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास प्रधानाध्यापक थापाले व्यक्त गरे । 

स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो । यो सहयोगले स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि, अनुशासन तथा आत्मविश्वासमा समेत सकारात्मक प्रभाव पर्ने प्रधानाध्यापक थापाले बताए । 

See More On

सुझावित समाचार