रास्वपा पर्सा अधिवेशनमा दुई पक्षबिच झडप,अधिवेशन प्रक्रिया भोलि बिहान ८ बजेसम्म स्थगित

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनको क्रममा दुई पक्षबिच झडप भएपछि अधिवेशन प्रक्रिया स्थगित गरिएको छ।

जिल्ला अधिवेशनका लागि जारी प्रतिनिधि नामावली सार्वजनिक तथा दर्ता प्रक्रिया शनिबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन संयोजक डा. नन्दन यादवका अनुसार अधिवेशन प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको अवस्थामा केही व्यक्तिले कार्यक्रम बिथोल्ने प्रयास गर्दै हुलहुज्जत गरेपछि प्रक्रिया स्थगित गर्नुपरेको हो।

उनले अधिवेशनस्थलमा पुगेर कार्यक्रम अवरुद्ध गर्न खोज्ने तथा हुलहुज्जतमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको बताए।

झडपका कारण केही समय तनाव उत्पन्न भए पनि स्थिति हाल नियन्त्रणमा रहेको जनाइएको छ। निर्वाचन समितिले सबै पक्षलाई संयमित भएर अधिवेशनलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

सुझावित समाचार