धनकुटामा भरुवा बन्दुकसहित २३ वर्षीय युवक पक्राउ

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

धनकुटाका एक युवक एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका छन्। धनकुटा नगरपालिका–९, खुलालटोलका २३ वर्षीय विजय राई भरुवा बन्दुकमा छर्रा लोड गरी बोकेर हिँडिरहेको अवस्थामा बुधबार दिउँसो पक्राउ परेका प्रहरीले जनाएको छ। 

अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले राईलाई घरनजिकैबाट भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो। उनलाई जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ।

सुझावित समाचार