गोरुलाई यातना दिएर भिडियो सेयर गर्ने युवक पक्राउ

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

खेत जोतिरहेको गोरुलाई कुटपिट गरी निर्दयी व्यवहार गरेको र त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले प्युठानबाट एकजनालाई नियन्त्रणमा लिएको छ।

प्युठानको गौमुखी गाउँपालिका– १ बस्ने ३६ वर्षीय जालिराम थापामगरलाई जिल्ला प्रहरी कार्यालय प्युठानले नियन्त्रणमा लिएको हो।

आफ्नै खेतबारीमा जोत्दै गरेको गोरु हिँड्न नसकी बसेपछि नाकमुख माटोमा गाडी यातना दिएको भिडियो फेसबुक र टिकटकमा सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता भएको छ।

सुझावित समाचार