१५ दिनभित्र कार्यालय खाली गर्न ६ सहकारीलाई काठमाडौं महानगरको निर्देशन

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले भाडामा लिएका घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विभागमा सम्पर्क गर्न आग्रह गरेको हो।

सूचनाअनुसार ती सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूलाई महानगरको कानुन तथा मानव अधिकार विभागमा उपस्थित हुन भनिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए महानगरपालिकाले आफैँ कार्यालय खाली गराउने चेतावनीसमेत दिएको छ।

महानगरपालिकाले सहकारी संस्थाहरूले बहालमा लिएका कार्यालयहरू खाली गराउने प्रक्रियाअन्तर्गत उक्त सूचना जारी गरेको जनाएको छ।

सुझावित समाचार