न्युरो डेभलपमेन्टल समस्या भएका बालबालिकाको उपचारमा आइएमई लाइफको सहयोग

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालक्ष्य डेभलपमेन्ट एन्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग न्युरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवाका लागि उपयोग गरिने बताइएको छ।

यस कार्यक्रमअन्तर्गत आइएमई लाइफ इन्स्योरेन्सले ३ लाख रुपैयाँ उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन्। न्युरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।

बालक्ष्य डेभलपमेन्ट एन्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवाहरू प्रदान गर्दै आएको छ। संस्थाको विशेषज्ञता र आइएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
 

सुझावित समाचार