नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री हस्तान्तरण

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्रीहरू प्रदान गरेको छ। 

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सो विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्रीहरू प्रदान गरेको हो। उक्त सामग्रीहरू बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई हस्तान्तरण गरिन्।

यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरूको पठनपाठनमा थप सहजता ल्याउने बैंकको अपेक्षा छ। यस कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन्।

सुझावित समाचार