प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिले राष्ट्रिय सभा पनि प्रभावित भएको छ। आज बुधबार पनि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको छ।
आकस्मिक समयको कारबाही सकिएलगत्तै सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाए। अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।
राष्ट्रिय सभाले प्रतिनिधिसभालाई पनि सन्देश दिनुपर्छ भन्ने नबिर्सन उनले आग्रह गरे पनि सांसदहरू आफ्नो स्थानमा उठिरहे।
सभाको बैठक जेठ २६ गते मंगलबार दिउँसो १ः१५ बजेसम्मका लागि स्थगित गरिएको छ।