नेप्से २२ अंकले बढ्दा वित्त समूहमा ६ प्रतिशत वृद्धि

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २२.२१ अंकले बढेर दुई हजार ७७७.५८ विन्दुमा कायम भएको हो। अघिल्लो दिन सेयर बजार २६ अंकले घटेको थियो।

आज कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ। अघिल्लो दिन पाँच अर्ब ६१ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएकोमा आज पाँच अर्ब २६ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको हो। ३४६ कम्पनीका एक करोड १३ लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सोबराबरको कारोबार भएको हो।

उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचकमा वृद्धि देखिएको छ। वित्त समूह ६.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८४ प्रतिशतले बढेको छ। निर्जीवन बिमा र व्यापार समूहको वृद्धिदर एक प्रतिशतभन्दा धेरै छ।

बजार बढ्दा कालिञ्चाेक हाइड्रो १४.९८ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १३.६७ प्रतिशत कमाएका छन्। नेपाल रिइन्स्योरेन्स र गोर्खाज् फाइनान्स नौ प्रतिशतभन्दा धेरैले बढेका छन्। नबिल  डिबेन्चर २०८५, बुंगाल हाइड्रो र झापा इनर्जीको मूल्य चार प्रतिशतभन्दा धेरैले घटेका छन्।

सुझावित समाचार