कजारिया रमेश टायल्स लिमिटेडले नयाँ र विशेष ब्रान्ड अभियान ‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ अभियान घोषणा गरेको छ । यो अभियान ११ जेठदेखि सुरु भइसकेको छ ।
चर्चित ब्रान्ड एम्बासडरहरू रणवीर सिंह र रश्मिका मंदाना आबद्ध यस अभियानले आफ्नै घर हुनुको गर्विलो क्षणलाई उजागर गर्ने कम्पनीको भनाइ छ । यसले विश्वस्तरीय कजारिया टायल्सको प्रयोगले कसरी जुनसुकै घरलाई पनि उत्कृष्ट स्टाइल स्टेटमेन्टमा रूपान्तरण गर्छ भन्ने कुरालाई देखाउँछ ।
प्रिमियम इन्टेरियर फिनिसिङ रोज्दा समाजमा पाइने पहिचान र प्रशंसा नै यस अभियानको मुख्य अवधारणा रहेको कम्पनीले जनाएको छ । कजारियाका डिजाइनले कसरी नेपाली घरहरूलाई अन्तर्राष्ट्रियस्तरको भव्यता प्रदान गर्छन् भन्ने कुरा यस अभियानमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
कम्पनीका प्रवक्ताले भने, ‘घर भनेको व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हो । हाम्रो नयाँ अभियानले घरमा आउने पाहुनाले फ्लोर र वालको सौन्दर्य देखेर प्रशंसा नगरी रहनै नसक्ने सुखद क्षणलाई समेटेको छ ।’ कजारियाले हाल देशभरका एक सयभन्दा बढी सोरुमको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड र सेरामिक वाल टायल उत्पादन गर्दै आइरहेको छ ।