कालिका लघुवित्तले चालू आवको वैशाखसम्मको समीक्षा तथा आगामी आवको बजेट तर्जुमा गोष्ठी तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम चितवनमा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत फणीन्द्र पाण्डेले गरेका थिए ।
बुटवलमा चारवटा अनुगमन मुकाम कार्यालयअन्तर्गत ४० वटा र सौराहामा चारवटा कार्यालयअन्तर्गत ४० वटा शाखाका शाखा प्रमुखको उपस्थिति थियो । उनले चालू आवको वैशाखसम्मको समीक्षा तथा आगामी आवको लक्ष्य तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
साथै, शाखा प्रमुखलाई अनलाइन भू–सेवासम्बन्धी तालिम पनि प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख कृष्णप्रसाद शर्माले गरेका थिए, जसमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायत विभागीय प्रमुखले सहजीकरण गरेका थिए ।