१६औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा कैलाली प्रथम

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

१६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा डडेल्धुरामा सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कांस्य गरेर ५८ पदक जितेको छ।

१७ स्वर्ण, १३ रजत र १३ कांस्यसहित ४३ पदक पाएर कञ्चनपुर दोस्रो हुँदा तेस्रो स्थानको डडेल्धुराले ६ स्वर्ण, ७ कांस्य र १७ रजत गरी ३० पदक पाएको छ।

६ स्वर्ण, ७ कांस्य र १३ रजतसहित २६ पदक पाएर बैतडी चौथो स्थानमा रहँदा ३ स्वर्ण, २ कांस्य र ७ रजत गरी १२ पदक जितेको दार्चुला पाँचौँ स्थानमा छ। छैटौँ स्थानको बझाङले २ स्वर्ण, १ रजत र ६ कांस्यसहित ९ पदक हात पारेको छ।

बाजुरा, डोटी र अछाम स्वर्ण पदकविहीन रहे। बाजुराले ११ रजत र १५ कांस्य गरी २६ डोटीले ४ कांस्य र १२ रजतसहित १६ र अछामले ४ कांस्य र ८ रजत गरी १२ पदक ल्याएका छन्।

हरेक जिल्लाबाट प्रादेशिक प्रतियोगितामा भलिबलतर्फ छात्रछात्र ९-९, कबड्डीमा छात्रछात्रा ९-९, एथलेटिक्स छात्रछात्रा ११-११ तथा तेक्वान्दो, कराँते र उसुमा छात्रछात्रा ६-६ गरी हरेक पालिकाबाट ९४ जनाका दरले ८४६ खेलाडी सहभागी थिए।

सुझावित समाचार