सन् २०२१ : चीनमा जनसंख्या वृद्धिदरमा सुस्तता आउन थालेपछि सरकारले विवाहित जोडीले तीनजनासम्म बच्चा पाउन सक्ने छुट दियो ।
सन् १८९० : जर्मनीको उल्ममा विश्वको सबैभन्दा अग्लो (१६१.५ मिटर अग्लो) चर्च निर्माण सम्पन्न भयो । सन् १३७७ बाट चर्च बन्न सुरु भएको थियो ।
सन् १९०० : चीनमा विदेशी शक्तिविरुद्ध उठेको बक्सर विद्रोह दबाउन अमेरिकी फौज बेइजिङ पुग्यो ।
सन् १९०२ : ‘ट्रिटी अफ युनिटी’मा हस्ताक्षर भएसँगै दक्षिण अफ्रिकामा चलिरहेको ‘बोअर युद्ध’ अन्त्य । औपनिवेशिक शासन चलाइरहेको बेलायतले टान्सभाललाई पनि युनियन अफ साउथ अफ्रिकामा मिलायो ।
सन् १९१० : बेलायतबाट युनियन अफ साउथ अफ्रिका स्वतन्त्र घोषित ।
सन् १९१३ : अमेरिकाको संविधानको सत्रौँ संशोधन अनुमोदन ।संशोधनले माथिल्लो सदन सिनेटका सय सिट प्रत्यक्ष निर्वाचनबाट चुन्ने प्रावधान गर्यो ।
सन् १९५५ : अन्तरिक्ष अभियान सुरु गर्ने उद्देश्यका साथ सोभियत संघले कजाकस्तानमा अन्तरिक्षयान प्रक्षेपण गर्न बैकोनुर कस्मोड्रोम निर्माण सुरु गर्यो ।
सन् २००५ : संघीय अनुसन्धान व्युरो (एफबिआई)का वरिष्ठ अधिकारी मार्क फेल्ट वासिंटन पोस्टका पत्रकारद्वय कार्ल बर्नस्टिन र बब उडवार्डलाई वासिंटनस्थित वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटीको कार्यालयमा गोप्य निगरानी भइरहेको जानकारी दिने ‘डिप थ्रोट’ उपनाम दिइएका स्रोत भएको सार्वजनिक ।
सन् २०१४ : दक्षिण कोरियाली गायक ‘पिएसवाई’को गीत ग्याङ्नाम स्टाइल युट्युबमा दुई अर्ब भ्यु पाउने पहिलो भिडियो बन्यो ।