एकैदिन ट्राफिक कारबाहीमा २२ लाख ११ हजार राजस्व संकलन

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  संकेत बत्ती उल्लंघनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०२ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११२, एकतर्फी सडकमा सवारी चलाउने ८५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२३ जनालाई कारबाही गरिएको हो ।
 

सुझावित समाचार