सूर्यवंशीले तोडे गेलको कीर्तिमान

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा क्रिस गेलले एकै सिजनमा राखेको सर्वाधिक छक्काको कीर्तिमान तोडेका छन् । वैभवले एकै सिजनमा सर्वाधिक ६५ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान राखेका हुन् ।

सन् २०१२ मा गेलले रोयल च्यालन्जर्स बेंग्लोरबाट एकै सिजनमा ५९ छक्का प्रहार गरेका थिए । वैभवले १९औँ आइपिएलमा बुधबार सनराइजर्स हैदराबादविरुद्धको खेलमा गेलको रेकर्ड तोडेका हुन् ।

वैभवले २९ बलमा ९७ रन जोडे । खेलमा उनले १२ छक्का र पाँच चौका प्रहार गरेका थिए । आइपिएलमा वैभव सर्वाधिक छिटो शतक बनाउने कीर्तिमानबाट ३ रन मात्रै टाढा रहे । यो रेकर्ड पनि गेलको नाममा छ । उनले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक प्रहार गरेका थिए ।

सुझावित समाचार