अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष ०८२/८३ कोआर्थिक सर्वेक्षण पेस गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले सोही आर्थिक सर्वेक्षण पेस गर्दै चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने जनाएका छन् ।
उनले मध्यपूर्वको युद्धले विश्व अर्थतन्त्रमै असर पारेको बताउँदै विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुँदा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने उल्लेख गरे ।
मन्त्री वाग्लेले बागमती र गण्डकीबाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने जानकारी दिए । चालू आवको तेस्रो त्रैमासिक अवधिसम्म पुँजीगत खर्च उल्लेख्य बढ्न नसकेको स्वीकार गर्दै उनले अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने उल्लेख गरे ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २४ प्रतिशत र गैरकृषि क्षेत्रले ७६ प्रतिशत योगदान गर्ने उनको भनाइ छ ।