बर्दियाको राजापुरमा भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। राजापुरमा नगरपालिका– १०, कोठियाघाटमा मोटरसाइकल दुर्घटना हुँदा मधुवन नगरपालिका– ८ की ५६ वर्षीया सीता डाँगीको मृत्यु भएको हो।
सोमबार बिहान ११ बजे कैलालीबाट लालीबजार आउँदै गरेको भे १३ प २७५२ नम्बरकाे मोटरसाइकल कोठियाघाटनजिकै दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार रहेकामध्ये सीताको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए।
मोटरसाइकलमा सवार मधुवन नगरपालिका– ८ की ४७ वर्षीया डेनिसरा खत्री र सोही ठाउँका मोटरसाइकलचालक ३२ वर्षीय गोविन्द डाँगी घाइते भएका उनले जानकारी दिए।