काठमाडौंका दुई स्थानमा सिक्री लुट्ने युवक पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका- ७ घर भई काठमाडौंको टोखा नगरपालिका बानियाँटार बस्ने ४६ वर्षीय रामकुमार तामाङलाई प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको हो।
उनले गत २४ वैशाखमा चाबहिलको आकाशेपुलमा तथा ९ जेठमा बसुन्धारास्थित कल्कीनारायण मन्दिरको दर्शनमा गएकी महिलाको सुनको सिक्री लुटेर भागेका थिए।
लुटपाटको सुन बिक्रीमा सघाउने ललितपुरका किशोर थापालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।