सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय सार्वजनिक भएका छन्। शिक्षामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
यस्ता छन् ४ निर्णय
१.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने
२.भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने
३. अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत् प्रसारणलाइन आयोजना (चिलिमे-केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गर्ने
४. कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार आर्थिक वर्ष ०८३/८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जसअन्तर्गत मोटा धानको प्रतिक्विन्टल रु. ३,६६० र मध्यम धानको प्रतिक्विन्टल रु. ३,८६० तोक्ने ।