रसुवामा ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

रसुवाबाट ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ परेका छन्।

रसुवाको उत्तरगया गाउँपालिकास्थित बेत्रावती बजारमा पासाङल्हामु सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङका ३७ वर्षीय सुशील गुरुङ रहेका छन्। प्रहरीका अनुसार उनको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको जनाएको छ।

सुझावित समाचार