आज दुई समितिको बैठक बस्दै

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

आज सरकारका दुई समितिको बैठक बस्दै छ । ११ बजे सार्वजनिक लेखा समिति र ११ः३० मा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । दुवैको बैठक आ–आफ्नै समितिको कार्यकक्षमा बस्ने जनाइएको छ ।

लेखा समिति बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरणसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ भने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन मन्त्रालयको प्रगति समीक्षासहित सुमुमवासी होल्डिङ सेन्टरको अनुगमन प्रतिवेदन तयारीको विषयमा छलफल हुने जनाइएको छ । 

सुझावित समाचार