तेस्रो मेयर कप चेसको उपाधि सल्यामलाई

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

सल्याम शर्माले जेसिआई पाटनको आयोजनामा भएको तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेडिग चेस प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा सल्यामले १४२ खेलाडीलाई पछि पार्दै उपाधिसहित १० हजार पुरस्कार प्राप्त गरेका छन् । 

एफएम क्षितिज भण्डारी दोस्रो, सुमन लामा तेस्रो, राजेन्द्र प्रसाद श्रेष्ठ चौथो तथा सीएम नबिन तन्डुकार पाँचौं स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी फुर्बा लामा, बद्रिलाल नेपाली, मिसन दाहाल, एआईएम अभिक शाह तथा सन्देश श्रेष्ठ क्रमशः छैटौंदेखि दशौं स्थानसम्म रहेका थिए 

विधागत पुरस्कारतर्फ उत्कृष्ट अनरेटेडतर्फ प्रशान्त गुरुङ प्रथम तथा सन्देश लिम्बु द्वितीय भए । उत्कृष्ट महिलातर्फ ग्लोसी श्रेष्ठ प्रथम र सनम श्रेष्ठ द्वितीय भए भने उत्कृष्ट पाभिलियन्सतर्फ सुलभ पन्थी प्रथम तथा श्याम बाबु शाह द्वितीय भएका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं. ९ का अध्यक्ष तथा महानगरका प्रवक्ता श्री राजु महर्जनले गरेक ाथिए । प्रतियोगिताको समापन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

यस्तै, यू–१६ समूहमा हर्षवर्धन राठी प्रथम तथा शुभम जोशी द्वितीय भए । यू–१४ समूहमा सात्विक मान तुलाधर प्रथम तथा ओस्कार पन्थी द्वितीय भएका थिए । यू–१२ समूहमा श्रेष्ठ साहस प्रथम तथा मैनाली दिपन द्वितीय भए भने यू–१० समूहमा रियान्शु पौडेल प्रथम तथा आयम सुवेदी द्वितीय भ ए।
एलो १७०० मुनि समूहमा कबिन्द्र सिवाकोटी प्रथम तथा लेखराज भट्टराई द्वितीय भए । भेट्रान समूहमा पूर्णराज खड्का प्रथम तथा पुण्य मान कर्माचार्य द्वितीय हुन सफल भएका हुन् ।

सुझावित समाचार