मोरङ कांग्रेसले गठन गर्‍याे सदस्यता अद्यावधिक समिति

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेस मोरङले सदस्यता अद्यावधिक समिति गठन गरेको छ। संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले कांग्रेस मोरङले आइतबार निर्वाचन क्षेत्रहरुमा सदस्यता  अध्यावधिक गर्न समिति गठन गरेको हो।

केन्द्रीय समितिको निर्देशनअनुसार गठन गरिएका यी समितिलाई यही जेठ २१ गतेभित्र तोकिएको कार्य सम्पन्न गर्न निर्देशन दिइएको मोरङ कांग्रेसका  सचिव मोदराज घिमिरेले बताए।

सचिव घिमिरेका अनुसार पार्टीको संगठनात्मक संरचनालाई तल्लो तहसम्म चुस्त बनाउने योजनाअनुसार मोरङ क्षेत्र नं. २, ३, ४, ५ र ६ मा सदस्यता  अद्यावधिक समिति गठन गरिएको हो। स्थानीय कार्यकर्ताबिचको परामर्श र केन्द्रीय मापदण्डका आधारमा समिति गठन गरिएको उनले बताए।

सचिव घिमिरेका अनुसार क्षेत्र नं. ४ को संयोजनको जिम्मेवारी भक्तिनाथ माझीलाई दिइएको छ। उनीसँगै भीम रिजाल, चेतराज बस्नेत र दुर्गा कोइराला सदस्यका रूपमा रहेका छन्। क्षेत्र नं. ५ मा दिलीप पोखरेल संयोजकत्वको समितिमा पंकज वर्मा, शत्रुघन रजक र मीना मुर्मु सदस्य छन्। क्षेत्र नं. ६ को नेतृत्व भुवनेश्वर मण्डलले गरेका छन। सदस्यहरूमा रञ्जु अधिकारी, सञ्जय मण्डल र मञ्जु रहेका छन्।

क्षेत्र नं. २ मा मोदराज घिमिरे संयोजक रहेको समितिमा तारानाथ प्रसाईं, देवेन्द्र लुइँटेल र अन्जना अधिकारी सदस्य छन्।  ललितबहादुर श्रेष्ठ संयोजक रहेको क्षेत्र नं. ३ को सदस्यहरूमा भोजराज बस्नेत, अनुप योन्जन र सकुन्तला सुवेदी छन्।

सुझावित समाचार