गुन्डुमा एमाले सचिवालय बैठक जारी

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओली निवास भक्तपुरको गुण्डुमा जारी छ।

नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि सोमबारको बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज बसेको बैठकले अन्तिम रूप दिनेछ।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशनमार्फत नेताहरूलाई पठाउने तयारी छ।

गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो।

 

सुझावित समाचार