ईशानको लगातार दोस्रो खेलमा अर्धशतक

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

इशान पाण्डेले लगातार दोस्रो  एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् ।

शुक्रबार विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा पहिले ब्याटिङ नेपालका लागि ईशानले अर्धशतक पूरा गरेका हुन् । ईशानले तेस्रो ओडिआई खेलमा नै दोस्रो अर्धशतक बनाएका हुन् ।

उनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । ईशानले सोमबार स्कटल्यान्डसँगको खेलमा पहिलो अर्धशतक बनाएका थिए । गत साता अमेरिकाविरुद्धको खेलमा नै ओडिआईमा डेब्यु गरेका थिए ।

See More On

सुझावित समाचार