सिजीले ल्यायो ४४ मोडेलका रेफ्रिजेरेटर

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ६० देखि ५५० लिटर क्षमताका ४४ वटा विभिन्न मोडलका रेफ्रिजेरेटर बजारमा उपलब्ध गराइरहेको छ । गर्मीमा पकाएको खाना लामो समयसम्म राख्दा बिग्रिने समस्या समाधानका लागि सिजीका रेफ्रिजेरेटर उपयुक्त विकल्प हुने बताइएको छ । यसमा भएको मल्टी–एयर फ्लो र फास्ट कुलिङ प्रविधिले खानेकुराको ताजापन र पोषणलाई लामो समयसम्म बचाइराख्ने कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार बिजुलीको बिल धेरै आउने समस्या पनि स्मार्ट इन्भर्टर प्रविधिले हटाइदिएको छ । यो प्रविधिले आवश्यकताअनुसार कुलिङ गरी ऊर्जा बचत गर्ने बताइएको छ । कोठा भाडामा लिएर बस्ने विद्यार्थीदेखि ठुला संयुक्त परिवारसम्म, सबैको आवश्यकता र बजेटलाई सुहाउने ४४ वटा विकल्प सिजीले उपलब्ध गराउँदै आएको छ । 

४४ मोडेलको मेगा लाइनअपमा आफ्नो परिवारअनुसार रेफ्रिजेरेटर छनोट गर्न सकिनेछ । सानो परिवार वा सीमित स्पेसका लागि विद्युत् खपत कम गर्ने, सानो भान्सामा पनि चिटिक्क मिल्ने र छिट्टै बरफ जम्ने ६० लिटरदेखि २३० लिटरसम्मका ३३ वटा मोडेल उपलब्ध हुनेछन् । त्यस्तै, मध्यम र संयुक्त परिवारका लागि २२० देखि ३५० लिटरसम्मका नौवटा ‘फ्रस्ट–फ्री’ मोडेल उपयुक्त हुने बताइएको छ । लक्जरी र प्रिमियम अनुभवका लागि कम्पनीले ५२० लिटरको मल्टी–डोर’ र ५५० लिटरको साइड–बाई–साइड रेफ्रिजेरेटर उपलब्ध गराएको जनाइएको छ ।

रेफ्रिजेरेटर देशभरका २१ वटा अत्याधुनिक सिजी डिजिटल सोरुममार्फत खरिद गर्न सकिनेछ । 

सुझावित समाचार