पूर्वअर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरी सुझाव लिएका थिए। सो क्रममा खनालले सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेका हुन्।
उनले तयारी नभएका खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न तथा विद्युतमा मूल्य अभिवृद्धि कर नलगाउन अर्थमन्त्री डा. वाग्लेलाई सुझाव दिएका छन्।