एनएमबि बैंकद्वारा गण्डकी प्रदेशका ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

बैंकले तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा तमु समुदायका जेहेन्दार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री सहयोग गरेको हो।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबि बैंक गण्डकी प्रदेश प्रमुख राजीव रञ्जितलगायतले संयुक्त रूपमा सहयोग सामग्री वितरण गरेका थिए।
 

सुझावित समाचार