प्रधानमन्त्रीले जनमतको उपेक्षा गरेको भन्दै सदनमा अवरोध

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नियतमाथि प्रश्न उठाएको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले जनमतको उपेक्षा गरेको आरोप लगाए।

‘कुरा नियम, नियमावलीको होइन, नियतको हो। प्रधानमन्त्रीज्यूको नियत सदनलाई छल्ने, अपमान गर्ने, जनताको मतको उपेक्षा गर्ने, हुर्मत लिने छ,’ उनले भने।

नीति तथा कार्यक्रममा उपस्थित नभएका प्रधानमन्त्रीले सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर नगरेकोमा समेत उनले आपत्ति जनाए। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग अनिवार्य प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था भए पनि जेठ ७ गतेसम्म प्रधानमन्त्रीको अत्तोपत्तो नभएको भन्दै उनले संसदमा अवरोध जारी रहने प्रस्ट पारे।

See More On

सुझावित समाचार