सांग्रिला डेभलपमेन्टको क्विज कार्यक्रम

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको तेस्रो सांग्रिला क्विज–२०८३ सम्पन्न भएको छ । क्विजको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सबक्लस्टरका पीताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता भएका छन् ।

त्यस्तै, इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भएको बैंकले जनाएको छ । प्रतियोगिताका विजेताले जनही ६० हजार तथा उपविजेताले जनही ४० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन् । ‘कन्ट्री राउन्ड’मा ‘क्लस्टर राउन्ड’बाट छनोट भएका १० वटा क्लस्टर तथा सबक्लस्टरका दुई–दुईजना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए । 

कार्यक्रममा यस बैंकमा दीर्घसेवा गरेका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । सांग्रिला क्विजका विजेता, उपविजेता, प्रतिस्पर्धीलगायतलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रञ्जित मास्के र रिकभरी तथा एनपिएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्रबहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गरे । 

सुझावित समाचार