संवैधानिक परिषद्ले गरेकाे प्रधानन्यायाधीश सिफारिसविरुद्धको दरपीठ रिट दर्ता भएको छ। प्रधानन्यायाधीशको पदबहालीपछि बुधबार दर्ता भएको रिटको पेसी जेठ ११ गतेलाई तोकिएको छ।
परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललाई नै सिफारिस गर्नुपर्ने मागसहित रिट निवेदन परेको थियो।
२५ वैशाखमा आएका तीनवटा रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेपछि मल्ल स्वयंले सर्वोच्च प्रशासनलाई गत सोमबार दिउँसो १ बजेभित्र निवेदन दर्ता गरी मंगलबारका लागि पेसी तोक्न आदेश दिएकी थिइन्।
डा. शर्मा मंगलबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि बुधबार रिट दर्ता भएको हो।