कान्समा प्रिमियरअघि ‘एलिफेन्ट्स इन द फग’को फोटो कल

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण
कान्समा प्रिमियरअघि ‘एलिफेन्ट्स इन द फग’को फोटो कल

तस्बिरहरु कान्सको फेसबुक पेज

विश्व प्रतिष्ठत ‘कान्स फिल्म फेस्टिभल’मा आज नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को विश्व प्रिमियर हुँदै छ। प्रिमियरअघि निर्माण टोली र कलाकारले कान्समा आयोजित विशेष ‘फोटो कल’ कार्यक्रममा सहभागिता जनाएका छन्।

फोटो कलमा चलचित्रका निर्देशक, कलाकार तथा निर्माण टिमका सदस्यहरू उपस्थित थिए। उनीहरूले रेड कार्पेटआसपास आयोजित कार्यक्रममा सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय फोटोग्राफरहरूसामु चलचित्रको प्रतिनिधित्व गरेका हुन्। कार्यक्रममा सहभागी टिमले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

आज हुने प्रिमियरसँगै ‘एलिफेन्ट्स इन द फग’ अन्तर्राष्ट्रिय दर्शकमाझ  औपचारिक प्रदर्शन हुने छ। चलचित्रको कान्स सहभागितालाई नेपाली फिल्म उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

चलचित्रको कथा, प्रस्तुति र अन्तर्राष्ट्रिय फिल्म बजारमा यसको सम्भावित प्रभावबारे अहिले नै चासो बढ्न थालेको छ। कान्समा भएको सहभागिताले नेपाली चलचित्रलाई विश्व सिनेमा वृत्तमा थप चिनाउने अपेक्षा गरिएको छ।

सुझावित समाचार