परीक्षाअघि नै सामाजिक सञ्जालबाट प्रश्नपत्र सार्वजनिक गर्ने थप दुईजना पक्राउ

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

सामाजिक सञ्जालबाट परीक्षाअघि नै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको अभियोगमा नेपाल प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा साइबर ब्युरोले गोरखाका दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका– ५ घर भई काठमाडौं नागार्जुन नगरपालिका रानीवन बस्ने २९ वर्षीय सन्तोष बन्जारा र गण्डकी गाउँपालिका– ३ घर भई नागार्जुन– १ वनस्थली बस्ने २० वर्षीय अश्विन अधिकारी रहेका छन्।

यसअघि सोही कसुरमा सुर्खेतको वीरेन्द्रनगर– ८ घर भई काठमाडौं– ३२, सुविधानगर बस्ने ३७ वर्षीय नीराजन शाही र धादिङ नीलकण्ठ– ३ घर भई बुढानीलकण्ठ– १०, कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठलाई ब्युरोले पक्राउ गरेको थियो।

सुझावित समाचार