सेबोन अध्यक्षको सर्टलिस्टमा चारजना

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको छनोट प्रक्रियामा चारजना उम्मेदवार अन्तर्वार्ताको चरणमा पुगेका छन् । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले अन्तर्वार्ताका लागि प्रतिस्पर्धाका आधारमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट छनोटमा परेका हुन् ।

गत १५ वैशाखमा इच्छुक व्यक्तिहरूको व्यक्तिगत विवरण माग गरिएको र तोकिएको म्यादभित्र ४७ जना आकांक्षीले व्यक्तिगत विवरण पेस गरेका थिए । सूचीमा नाम समावेश भएका व्यक्तिसँग सिफारिस समितिले छलफल गर्ने जनाएको छ । धितोपत्र बोर्ड अध्यक्ष पद केही समयदेखि रिक्त रहँदै आएकोमा यसपटक सरकारले समिति गठन गरी खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्ति गर्न लागेको हो ।

सुझावित समाचार