भी–चित्रलाई अन्तर्राष्ट्रिय अवार्ड

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

भी–चित्र प्रालिले ‘पिआर एजेन्सी अफ द इयर’ अवार्ड जितेको छ । एजेन्सीले १५औँ एसिइएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्डस् २०२६ मा टिकटकसम्बन्धी पिआर विधामा वर्चस्व कायम गर्दै सो उपाधि जितेको हो । भारतको मुम्बईमा आयोजित एक कार्यक्रममा एप्याक क्षेत्रका उत्कृष्ट एजेन्सी र ब्रान्डहरू सहभागी थिए ।

भी–चित्रले टिकटक फेमिलीसँग पेरिङ अभियानमार्फत ‘वेस्ट इन्टिग्रेटेड पिआर एन्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको बताइएको छ ।

यसैगरी, टिकटक सेफ्टी एम्बासडर कार्यक्रममार्फत भी–चित्रले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पिआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार जितेको छ । उक्त अभियानले नेपालमा टिकटक प्रयोगकर्तामाझ डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउने काम गरेको थियो ।

See More On

सुझावित समाचार