प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता सरदर २६३ रुपैयाँ खर्च भएको छ। निर्वाचन आयोगले मंगलबार निर्वाचन खर्च विवरण सार्वजनिक गरेको हो।

आयोगका अनुसार सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएकोमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ। कुल मतदाता संख्या एक करोड ८९ लाख ३ हजार ६८९ लाई आधार मान्दा प्रतिमतदाता सरदर २६३ रुपैयाँ खर्च देखिएको आयोगले प्रस्ट पारेको छ।

सुझावित समाचार