रास्वपा सांसद डा. अमरेशकुमार सिंहले सरकारका कामप्रति असन्तुष्टि जनाएका छन्।
बजेटका प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी नभएपछि सिंहले भने, ‘बजेटको विनियोजन प्राथमिकता हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ। परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन।’
बजेट अर्थमन्त्रीले नभई उनको टिमले बनाउने भएकाले संसदमा एक–दुई दिन चल्ने छलफलमा अर्थमन्त्री सहभागी नभएकोमा असन्तुष्टि जनाए। नयाँको नाममा सबै भत्काउन नहुने स्पष्ट पार्दै उनले संविधानले नै संसदीय व्यवस्था अंगीकार गरेकाले संसद्प्रति जिम्मेवार हुनुपर्ने बताए।
‘सबै परम्परा भत्काउँदै गयो भने यो संसद्को औचित्य समाप्त हुन्छ, पार्लियामेन्ट्री सिस्टम (संसदीय प्रणाली)को औचित्य समाप्त हुन्छ। हाम्रो देश र संविधानले पार्लियामेन्ट्री सिस्टम अंगीकार गरेको छ,’ उनले भने।