एनसेल फाउन्डेसनद्वारा सयजना एसइई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसइई छात्रवृत्ति’ घोषणा

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

एनसेल फाउन्डेसनले एक सयजना एसइई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसइई छात्रवृत्ति’ घोषणा गरेको छ। युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धताअनुसार, फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसइई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको हो । यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीहरूलाई अवसरका नयाँ ढोकाहरू खुला गर्ने विश्वास लिइएको छ । 

यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष एक सयजना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तर्वार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान  गरिने जनाइएको छ । यस पहलले देशका हरेक कुनाका विद्यार्थीलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिने फाउन्डेसनको विश्वास छ । 

यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्याउने जनाइएको छ ।

सुझावित समाचार