सन् २०१८ : बेलायती राजकुमार ह्यारीले अमेरिकी अभिनेत्री मेगन मर्केलसँग विवाह गरे । सेन्ट जर्ज च्यापल विन्डसर क्यासलमा भएको वैवाहिक समारोह अफ्रिकी–अमेरिकी संस्कृतिमा धुमधामसँग गरिएको थियो, जुन कुनै पनि अघिल्लो ब्रिटिस राजपरिवारको संस्कारविपरीत थियो ।
१५३६ : व्यभिचारको आरोपमा दोषी पाइएपछि इंग्ल्यान्डका राजा हेनरी आठौँकी दोस्री पत्नी तथा रानी एलिजाबेथ प्रथमकी आमा एनी बोलिनको टाउको काटियो ।
सन् १९१९ : मुस्तफा केमाल अतातुर्कले टर्कीको स्वतन्त्रता युद्धको सुरुवात गरे । उनले सुरु गरेको युद्ध चार वर्षपछि समाप्त भयो । टर्की गणतन्त्र स्थापना भएपछि अतातुर्क त्यहाँको पहिलो राष्ट्रपति बने ।
सन् १९६३ : अमेरिकामा मार्टिन लुथर किंगले ब्रिमिनघम जेलबाट पठाएको खुलापत्र प्रकाशित । लुथर किंगले खुलापत्रमा नश्लवाद र पृथक्ताविरुद्ध आफ्नो अहिंसात्मक प्रतिरोधबारे उल्लेख गरेका थिए । उक्त खुलापत्र संयुक्त राज्य अमेरिकामा नागरिक अधिकार आन्दोलनका लागि केन्द्रीय ग्रन्थमध्ये एक हो ।
१९६७ : अमेरिकी युद्ध विमानले पहिलोपटक भियतनामको हनोईमा बम प्रहार गरे ।